राेकेर राखेकाे ट्याक्टरमा माेटरसाइकल ठोकिँदा एक जनाकाे मृत्यु
रुपन्देहीः जिल्लाकाे तिलाेत्तमा नगरपालिका-२ जानकीनगरमा आइतबार बेलुकी रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एक जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा मोटरसाइकल चालक अर्घाखाचीको सन्धिखर्क नगरपालिका-८ पकलेका ४८ वर्षीय चन्द्र प्रसाद अर्याल रहेका छन्।
गम्भीर घाइते भएका उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो। हिजो बेलुकी पौने ८ बजे रोकी राखेको लु२त ९७९९ नम्बरको ट्याक्टरमा, लु३३प ७६१५ नम्बरको मोटरसाइकल ठोकिन पुगेको थियो।
दुवै सवारी साधनसहित ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कात्तिक २९, २०७८ सोमबार ०९:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।