बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन
काठमाडौं: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छिन्। आइतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिएकी हुन्।
बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ र व्यवस्थित हुनुपर्ने बताइन्। 'खाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ', मन्त्री रेग्मीले भनिन्, 'किचन व्यवस्थित हुनुपर्छ।'
मन्त्री रेग्मीले बालबालिकालाई आधुनिक शैलीमा पढाउने र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिनुपर्ने बताइन्। यस्तै पारिवारिक वातावरणमा अध्यापन गराउँदा बालबालबालिकालाई खुल्न सजिलो हुने भन्दै उनले यसमा ध्यान दिन सुझाव पनि दिइन्।
मन्त्री रेग्मीकाे सचिवालयका अनुसार राज्यले बाल सुधार गृहलाई महत्त्वका हेरिदिन सुधार गृह व्यवस्थापन समितिले आग्रह गरेकाे छ। सुधार गृहलाई पूरै मन, वचन तथा कर्मले आफूले सक्ने जति गर्ने प्रतिवद्धता मन्त्री रेग्मीले व्यक्त गरेकी छिन्।
कात्तिक २९, २०७८ सोमबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।