दुई पार्टीसँग एकता गर्दै विवेकशील साझा

दुई पार्टीसँग एकता गर्दै विवेकशील साझा

काठमाडौँ : विवेकशील साझा पार्टीले सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीसँग एकताको सहमति गरेको छ।

विवेकशीलका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्ति अनुसार पार्टीको केन्द्रीय समितिको बैठकको दुई-तिहाइले एकताको सहमति पत्रलाई अनुमोदन गरेको छ।

सहमति अनुसार पार्टीको नाम विवेकशील साझा पार्टी नै रहनेछ। कार्यकारी अध्यक्ष रवीन्द्र मिश्र रहनेछन्। 

सहमति अनुसार सिटिजन्स डिसकशन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन्। 

यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ। एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुने विज्ञप्तिमा उल्लेख छ।

कात्तिक २९, २०७८ सोमबार ०९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।