सर्लाहीकाे लालबन्दीमा लगाइएकाे गाँजा खेती नष्ट
सर्लाहीः जिल्लाको लालबन्दी नगरपालिका–१४ मा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ। लालबन्दी–१४ को कामिटार, मटरखोला, हात्तिसुँडे, तोरीबारी, मटरदोभन र ब्रह्मस्थानमा स्थानीयले लगाएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको हो।
ती स्थानमा ठूलो मात्रामा गाँजा खेती लगाएको सूचनाका आधारमा पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले ६ बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी सुरक्षा बल १० नं. हेडक्वार्टर गण कविलासी र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवन, सर्लाहीबाट खटिएका सुरक्षाकर्मीको टोलीले खेती नष्ट गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको नेतृत्वमा गएको ७५ जना सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो।
कात्तिक २८, २०७८ आइतबार २१:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।