रोल्पामा जीप दुर्घटना, चालकसहित चार जनाको मृत्यु
रोल्पाः जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका हान्डिङबाट घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नम्बरको जीप आज घर्तिगाउँको बजारनजिकै दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक ५१ वर्षीय लुद्रबहादुर घर्ती, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीय चौसरा विक र १८ वर्षीया लीला पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए।
लीलाको उपचारका क्रममा रोल्पा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो भने अन्य तीनजनाको घटनास्थलमै मत्यु भएको हो। मृतक सबै माडी गाउँपालिका–६ का रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए।
त्यसैगरी घाइते हुनेमा माडी गाउँपालिका–६ का बीना घर्तिमगर र सोही वडाका पञ्चना विक रहेका छन्। घाइतेलाई रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको प्रहरीले बताएको छ।
कात्तिक २८, २०७८ आइतबार २१:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।