एमाले महाधिवेशन: ८५ प्रतिशत प्रतिनिधि चयन
काठमाडाैंः नेकपा एमालेकाे १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनाेट हुने क्रम जारी छ। अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भइसकेका छन्।
पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिहरूको छनोट गरिएको छ। हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि चयन भइसकेको एमालेले जनाएको छ।
एमालेमा कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरिसक्नु पर्नेछ।
एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशका अधिकांश जिल्लामा प्रतिनिधि छनाेट भइसकेका छन् भने एकाघमा छनाेटकाे प्रकृया जारी छ।
यता एमाले अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक २६ गते एक सन्देश जारी गर्दै उच्च समझदारीका साथ प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यहरूलाई आह्वान गरेका थिए। एमालेकाे नयाँ नेतृत्त्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन हुँदैछ।
एमालेले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ।
कात्तिक २८, २०७८ आइतबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।