देउवालाई पौडेलको प्रश्न : पार्टी कार्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ?
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ? भन्दै प्रश्न गरेका छन्।
कांग्रेसको आइतबार आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पौडेलले भने, ' रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सोही कारण हामी सानेपाबाट भागेर बुढानीलकण्ठमा बैठक बसेका छौं। पार्टी कार्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ?'
सभापतिकै जिल्ला डडेल्धुराका मान्छे सानेपा बसेको स्मरण गराउँदै पौडेलले अनसनको अन्त्य गरेर पार्टी कार्यालयमै बैठक बस्ने अवस्था सिर्जना गर्न देउवालाई दबाब दिएका थिए।
'सुतुरमुर्गको शैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने? अवस्था सुधार्ने कि नगर्ने?,' पौडेलले देउवालाई प्रश्न गरे, 'जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यकर्ता आउँछन्। गुनासो कसले सुनिदिने? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ? पास पास मात्र भनेर हुन्छ?'
कात्तिक २८, २०७८ आइतबार १८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।