कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

सुर्खेत : कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन्।  न्यायाधिवक्ता श्रेष्ठले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

शुक्रबार सिफारिस भएका उनलाई आइतबार नै मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख तिलक परियारको उपस्थितिमा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश शेषराज शिवाकोटीले पद तथा गोपनीयताको शपथ गराएका छन्।

नेपालका संविधानको धारा १६० को उपधारा ९२० बमोजिम मुख्य न्यायाधिवक्तामा श्रेष्ठलाई नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद श्रेष्ठले जानकारी दिए। श्रेष्ठले मुख्यन्याधिवक्ताको कार्यालयमा आज नै पदभार ग्रहण गरेका छन्।

वीरेन्द्रनगर–९ का स्थानीय श्रेष्ठ २०४८ सालदेखि न्यायिक क्षेत्रमा काम गर्दै आएका छन्। उनले कानून शंकाय र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।
यसअघिका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पालामा दुई जनाले मुख्य न्यायधिवक्ताको रुपमा काम गरेका थिए। उनीहरुले पनि समयअवधिभन्दा अघि नै राजीनामा दिएका थिए ।

कात्तिक २८, २०७८ आइतबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।