कांग्रेसले महाधिवेशनका लागि सातै प्रदेशमा संयोजक तोक्यो

कांग्रेसले महाधिवेशनका लागि सातै प्रदेशमा संयोजक तोक्यो

काठमाडौं : नेपाली कांग्रेसले आसन्न महाधिवेशन गराउनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई संयोजक तोकेको तोकेको छ।

कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मेवारी दिएको हो।

प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडुलाई जिम्मेवारी दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ। बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ। जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा हुनेछ।

अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहने प्रस्ताव गरिएको प्रवक्ता शर्माले जानकारी दिए।

कात्तिक २८, २०७८ आइतबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।