इन्धनकाे मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियू रुपन्देहीले बुझायाे ज्ञापन पत्र
बुटवलः इन्धनमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियू रुपन्देहीले आयल निगम भलबारीमा ज्ञापन पत्र बुझाएको छ। सरकारले सातामै दुई पटक अस्वभाविक रूपमा मुल्यवृद्धि गरेको विरोधमा ज्ञापन पत्र बुझाइएको अनेरास्ववियू रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले बताए।
कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य लेखनाथ खनाल, केन्द्रीय सदस्य साजन भण्डारी, नविन थापा सारु, सरोज ठकुरी लगायतले बोल्दै मुल्य समायोजन गर्न ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।
अनेरास्ववियू रुपन्देहीले इन्धनको मुल्यवृद्धिको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको छ। आइतबार पनि बुटवल बहुमुखी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरिएको जिल्ला सचिव प्रकाश पराजुलीले जानकारी दिए।
सरकारले मुल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनले बताए।
कात्तिक २८, २०७८ आइतबार १६:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।