प्रधानन्यायाधीशको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा पनि धर्ना

प्रधानन्यायाधीशको राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा पनि धर्ना

धनगढीः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै कैलाली जिल्ला अदालत अगाडि पनि प्रदर्शन गरिएको छ। कैलाली बार एसोसिएसनका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन्।

‘बारको केन्द्रीय तालिकाअनुसार कैलाली बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेका हौँ,’ बारका अध्यक्ष शिद्धराज ओझाले भने, ‘राजनीतिक भाग मागेर प्रधानन्यायाधीशले अदालतको गरिमालाई कमजोर बनाएका छन्। उनले तत्काल राजीनामा दिनुपर्छ।’

सोमबार र मङ्गलबार पनि विरोधलाई निरन्तरता दिइने र बुधबारबाट केन्द्रीय निर्णयअनुसार आन्दोलनको स्वरूप फेरिने ओझाले बताए।

कात्तिक २८, २०७८ आइतबार १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।