शिल्पा सेट्टी र उनका श्रीमान राज कुन्द्रामाथि साढे एक करोड ठगीको आरोप

शिल्पा सेट्टी र उनका श्रीमान राज कुन्द्रामाथि साढे एक करोड ठगीको आरोप

एजेन्सीः बलिउड नायिका शिल्पा सेट्टी र उनका श्रीमान राज कुन्द्रामाथि फेरि नयाँ एफआईआर दर्ता भएको छ। उनीहरूलाई नितिन बराइ नाम गरेका एक व्यक्तिले झण्डै एक कराेड ५० लाख करोड ठगी गरेको भन्दै एफआईआर दर्ता गराएका हुन्।

ठगीको मुद्दा दर्ता गराउने व्यक्तिले आफूलाई फिटनेस कम्पनीको माध्यमबाट शिल्पा र राजले सन् २०१४–२०१५ तिर साढे एक कराेड ठगेको आरोप लगाएका हुन्।

नितिन बराइको मुद्दापछि शिल्पा र राजलाई मुम्बईको बान्द्रा पुलिसले आईपीसीको धारा ४०६, ४०९, ४२०, ५०५, ३४ र १२०(बी) बमाेजिम मुद्दा दायर गरेको छ। 

शिल्पा र उनका श्रीमान राजका दुःख रोकिने नामै लिइरहेको छैन। यी दुईका लागि यो वर्ष निकै मुस्किल रह्यो। पोनोग्राफीको मुद्दाबाट निस्कनेबित्तिकै उनिहरूमाथि फेरि ठगीको आरोप लागेको हो।

राज कुन्द्रा पोर्न भिडियो बनाउने र यसलाई इन्टरनेटमा अपलोड गर्ने गरेको मुद्दामा लामो समय हिरासतमा बसिसकेका छन्। हाल उनी जमानतमा रिहा भएका छन्। जेलबाट बाहिर आउसाथ सञ्चार माध्यमसँग दूरी बनाएका उनले सामाजिक सञ्जालमा भएका खाता समेत डिलिट गरेर बसेका थिए।

हिरासतबाट फिर्किएपछि शिल्पा र राजको जिन्दगीले लय समाउँदै थियो। यी दुई विभिन्न मन्दिरहरूमा पूजाआजा गर्न गएका तस्बिरहरू पापाराजीले बाहिर ल्याएका थिए।

पोनोग्राफीको मुद्दामा शिल्पा नमुछिए पनि ठगीको आरोपमा भने उनको नाम पनि मुछिएको छ। मुम्बईको बान्द्रा पुलिस स्टेसनले शिल्पा र राजका नाममा मुद्दा दर्ता गरेको छ।

कात्तिक २८, २०७८ आइतबार १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।