एक लाख १८ हजार नगदसहित तास खेलिरहेका ८ जना पक्राउ

एक लाख १८ हजार नगदसहित तास खेलिरहेका ८ जना पक्राउ

काठमाडौंः घरमा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-७ गंगाहिटी चाबहिलबाट तास खेलिरहेका ३७ वर्षीय सुजन लिम्बूसहित ८ जना पक्राउ परेका हुन्। 

पाँचथर घर भएका सुजनले सञ्चालन गरेको खुकुरी सेकुवा कर्नर, रेष्टुरेन्ट तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। 

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख १८ हजार २ सय २० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

कात्तिक २८, २०७८ आइतबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।