थापाथलीबाट एयर गनसहित एक जना पक्राउ

थापाथलीबाट एयर गनसहित एक जना पक्राउ

काठमाडाैंः प्रहरीले एक थान एयर गनसहित एक जनालाई पक्राउ गरेकाे छ। शनिबार साँझ काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई एक थान एयर गनसहित प्रहरीले पक्राउ गरेको हाे। 

नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कात्तिक २८, २०७८ आइतबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।