सु्रक्षा कारबाहीमा परी भारतकाे महाराष्ट्रमा २६ नक्सल विद्राेही मारिए
एजेन्सीः भारतमा प्रहरी कारबाहीमा परी २६ जना नक्सलाइट विद्राेही मारिएका छन्। महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो।
भिडन्तमा परेर २६ जना विद्राेहीसहित अरू ३ प्रहरी पनि घाइते भएका बताइएको छ।
विद्राेहीहरू जङ्गलमा लुकेर बसेकाे भन्ने सूचनाकाे आधारमा प्रहरीले खाेजी सुरु गरेकाे थियाे। त्यसक्रममा प्रहरी त्यहाँ पुग्दा नक्सलाइटहरूले आक्रमण गरेका थिए।
प्रहरीले विद्राेहीहरूका साथमा रहेकाे केही हतियार पनि बरामद गरेकाे छ।
कात्तिक २८, २०७८ आइतबार १३:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।