प्रधानन्यायाधीशकाे समर्थनमा प्रदर्शन गर्ने झण्डै ५० जना पक्राउ

प्रधानन्यायाधीशकाे समर्थनमा प्रदर्शन गर्ने झण्डै ५० जना पक्राउ

काठमाडाैंः प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे समर्थनमा प्रदर्शन गर्ने झण्डै ५० जना पक्राउ परेका छन्। आज सर्वाेच्च अदालत परिसरमा प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै कानून व्यवसायीले धर्ना दिइरहँदा बाहिरकाे मूल सडकमा प्रधानन्यायाधीशकाे समर्थनमा प्रदर्शन भएकाे थियाे। 

करिब २५-३० वटा माेटरसाइकलमा आएका ५० जना जतिलाई पक्राउ गरिएकाे छ। उनीहरूले 'नागरिककाे न्याय राेक्न पाइँदैन' जस्ता नारा भएकाे व्यानरसहित माेटरसाइकलबाट प्रदर्शन गरेका थिए। 

नेपाल बार एसाेसिएसनले गत कात्तिक १४ गतेदेखि प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै विराेध प्रदर्शन तथा धर्ना गरिरहेकाे छ। कानून व्यवसायीकाे धर्नाले सर्वाेच्च अदालतकाे कामकारबाही प्रभावित बन्दै आएकाे छ। 

कात्तिक २८, २०७८ आइतबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।