राजीनामा नदिने, भाेलिदेखि सबै मुद्दामा पेसी ताेक्ने प्रधानन्यायाधीशकाे तयारी
काठमाडाैंः प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले भाेलिदेखि सबै खाले मुद्दामा पेसी ताेक्ने तयारी थालेका छन्। नेपाल बार एसाेसिएसनसहित विभिन्न कानून व्यवसायीहरूले राणाकाे राजीनामा माग गर्दै अदालतै धर्ना दिइरहँदा प्रधानन्यायाधीशले भने भाेलिदेखि सबै मुद्दामा पेसी ताेक्ने तयारी गरेका हुन्।
प्रधानन्यायाधीशनिकट स्राेतका अनुसार उनी राजीनामा नदिनेमा स्पष्ट छन्। संवैधानिक प्रकृयाबाट आएकाले कानून व्यवसायीकाे धर्नाकाे आधारमा राजीनामा नदिने उनीनिकट स्राेतकाे दावी छ।
यस्तै आज प्रधानन्यायाधीश राणाले सर्वाेच्च अदालतमा पूर्ण बैठक बाेलाउने पनि तयारी गरेका छन्। उनले असन्तुष्ट न्यायाधीशहरूसँग परामर्श गर्ने तयारी पनि थालेका छन्।
स्राेतले भन्याे, 'प्रधानन्यायाधीशले अपील गर्दैहुनुहुन्छ। केही न्यायाधीशहरू पनि आउँदै हुनुहुन्छ। उहाँले राजीनामा दिनुहुँदैन।'
कात्तिक २८, २०७८ आइतबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।