'प्रधानन्यायाधीशकाे राजीनामा मात्र हाेइन, सम्पत्ति पनि छानविन हुन्छ'
काठमाडाैंः नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे सम्पत्ति पनि छानविन हुने बताएका छन्। सर्वाेच्च अदालत परिसरमा आज भएकाे धर्नामा सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।
'चोलेन्द्रको राजीनामा मात्र होइन सम्पत्तिको पनि छनविन हुन्छ। बिचौलिया छाड्नुस्। न्यायलय सुधार्छु भनेको खै?' उनले भने।
श्रेष्ठले न्यायालय किनबेच गरेपछि आफूहरू आन्दाेलनमा आएकाे बताएका छन्। 'उहाँको प्रवेश भनेको न्यायालयलाई थप भ्रष्ट बनाउनु हो। न्यायालय न्यायको मन्दिर हो। तर किनबेच गरेपछि हामी आन्दोलनमा आएका हौं', उनले भने।
यस्तै राष्ट्रिय मानव अधिकार आयाेगकी पूर्व प्रमुख आयुक्त माेहना अन्सारीले बारकाे आन्दाेलनमा मानव अधिकारकर्मीहरूकाे पूर्ण ऐक्यवद्धता रहेकाे बताएकी छिन्।
उनले भनिन्, 'बारको सुधारको आन्दोलनमा हुलियाहरूको अवरोधप्रति घोर निन्दा गर्दछु। यसले हतोत्साही गर्ने प्रयास गरेकाे छ। यसले कदापि विचलित हुने छैनौं।'
कात्तिक २८, २०७८ आइतबार ११:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।