ग्वार्काेमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु

ग्वार्काेमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु

ललितपुरः गए राति ललितपुरकाे ग्वार्काेमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा ललितपुरकै लामाटार बस्ने ३७ वर्षीय विनोद बुढाथोकी रहेका छन्।

गए राति पौने १ बजे ग्वार्को–इमाडोल सडकखण्डमा रहेको पुलमाथि बाग्मती प्रदेश–०२–०२६ प ८१५५ नम्बरको स्कुटरका चालक बुढाथोकी घाइते अवस्थामा फेला परेका थिए। ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचारका क्रममा गए राति नै बुढाथोकीको मृत्यु भएको हो।

स्कुटर आफैं अनियन्त्रित भई पल्टिएको वा अन्य सवारी साधनले ठक्कर दिएको भन्नेबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरी परिसर सातदोबाटोले जनाएको छ।

कात्तिक २८, २०७८ आइतबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।