शुक्रबारकै बाटो प्रयाेग गरेर अदालत छिरे प्रधानन्यायाधीश
काठमाडाैंः प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा सर्वाेच्च अदालत प्रवेश गरेका छन्। अदालतकाे मूलगेटमा कानून व्यवसायीकाे धर्ना जारी रहेकाले प्रधानन्यायाधीश राणा शुक्रबार प्रयाेग गरेकाे बाटोहुँदै आज पनि अदालत प्रवेश गरेका हुन्।
महान्यायाधिवक्ताकाे कार्यालय छेउकाे १ नम्बर गेट प्रयाेग गर्दै उनी अदालत प्रवेश गरेका हुन्।
यता सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशले चाेरबाटोबाट प्रवेश गरेकाले यसकाे वैधता नहुने बताए। 'मूलगेटमा धर्ना भनेको अर्को गेटबाट प्रवेश दिएको होइन। उहाँ चोरबाटोबाट प्रवेश गर्नु भएको हो। यसको वैधता छैन', उनले भने।
यस्तै आफूहरूले तीन सातायता काम गर्न नपाएकाे भन्दै उनले भने, 'हामी भोकभोकै मर्न तयार छौं। तर आन्दोलन जारी छ।'
कात्तिक २८, २०७८ आइतबार ११:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।