बारकाे धर्ना: अदालतभित्रै सुरक्षाकर्मीकाे हस्तक्षेप

बारकाे धर्ना: अदालतभित्रै सुरक्षाकर्मीकाे हस्तक्षेप

काठमाडाैंः नेपाल बार एसाेसिएसनसहित कानून व्यवसायीहरूले प्रधानन्यायाधीशकाे राजीनामा माग गर्दै सर्वाेच्च अदालत परिसरमा दिएकाे धर्नामा सुरक्षाकर्मीले हस्तक्षेप गरेकाे छ। 

आज बिहान १० बजेबाट भएकाे धर्नामा कानून व्यवसायीहरू सुरक्षाकर्मीकाे घेरा ताेड्दै अदालत प्रवेश गरेका थिए। यद्यपि, अदालतभित्रकाे कार्यक्रममा प्रहरीले माइक खाेस्न खाेजेपछि तनाव सृजना भएकाे हाे। 

हाल कानून व्यवसायीहरूले 'कालोकोटमाथिको प्रहरी दमन मुर्दावाद', 'भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे' लगायतका नारा लगाएका छन्।

प्रहरीकाे हस्तक्षेपपछि बार एसाेसिएसनका महासचिव लीलामणि पाैडेलले देशभरका अदालतमा प्रदर्शन सुरु भइसकेकाे बताएका छन्। 'देशभरका अदालतमा कालोपट्टी बाँधेर १२ बजेसम्म प्रदर्शन भइरहेको छ। अदालतमा प्रवेश गर्ने दुस्साहस नराखे हुन्छ', उनले भने।

यस्तै उनले प्रधानन्यायाधीशले राजीनामा दिने समय घर्किसकेकाे र अब पदच्युत गराइने बताए। 

कात्तिक २८, २०७८ आइतबार १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।