राैतहटमा रिक्साबाट खसेर महिलाकाे मृत्यु
रौतहटः जिल्लाकाे गौर नगरपालिका-८ हनुमान चोक नजिक शनिबार साँझ रिक्साबाट खसेर एक महिलाकाे मृत्यु भएकाे छ। साँझ साढे ५ बजे प्रदेश २–०३–००१ ह ४२५ अटो रिक्साबाट खसेर ६० वर्षीया रमिला देवीकाे मृत्यु भएको हाे।
दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाकाे उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। रिक्सासहित चालकलाई जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ।
कात्तिक २८, २०७८ आइतबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।