माैसम अपडेटः पहाडी भूभागमा आंशिक बदली, गण्डकीका हिमाली भेगमा हिमपातकाे सम्भावना

माैसम अपडेटः पहाडी भूभागमा आंशिक बदली, गण्डकीका हिमाली भेगमा हिमपातकाे सम्भावना

काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आज नेपालकाे पहाडी भूभागमा आंशिक बदली हुने जनाएकाे छ। हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभए पनि देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा  रहने छ।

यस्तै आज दिउँसाे प्रदेश १ सहित अन्य पहाडी भूभागमा आंशिक बदली हुनेछ। आज राति भने प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ।

यस्तै गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ।

कात्तिक २८, २०७८ आइतबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।