राैतहटमा भारतीय नम्बरकाे कार दुर्घटना: ४ जनाकाे मृत्यु
राैतहटः गए राति भारतीय नम्बरकाे सवारी दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ। चपुर-गाैर सडकखण्डकाे यमुनामाई गाउँपालिका-५ मा भारतीय नम्बरकाे कार दुर्घटना भएकाे थियाे।
यूके १२ सी २९०० नम्बरको भारतीय नम्बरकाे कार शनिबार राति १० बजे दुर्घटनामा परेकाे हाे। जिल्ला सदरमुकामबाट ५ किलाेमिटर वर सडकबाट तल खसेर गाडी दुर्घटना भएकाे हाे। जिल्ला प्रहरी कार्यालय राैतहटका एसपी विनाेद घिमिरेले उकेरालाई भने, 'गाडी अनियन्त्रित भई सडकबाट तल खसेपछि खाल्डोमा जमेकाे पानीमा डुबेर चार जनाकाे मृत्यु भएकाे हाे।'
एसपी घिमिरेका अनुसार मृतक चारै जना भारतीय हुन्। उनीहरूसँग भएकाे आधार कार्डले उनीहरू भारतीय भएकाे पुष्टि भएकाे हाे। नेपाल प्रहरीले राति ११ बजे नै भारतीय अधिकारीहरूलाई यस बारे जानकारी दिइसकेकाे बताएकाे छ।
कात्तिक २८, २०७८ आइतबार ०८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।