लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

झापाः प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेकाे छ। जिल्लाकाे मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार ब्राउनसुगरसहित एक युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शनिबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ।

कात्तिक २८, २०७८ आइतबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।