एमालेको महाधिवेशन प्रतिनिधि छनौट : निर्वाचित प्रतिनिधिको नामावली  

एमालेको महाधिवेशन प्रतिनिधि छनौट : निर्वाचित प्रतिनिधिको नामावली  

काठमाडौँ : नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिको छनौट गरिरहेको छ। एमालेले आज शनिबार महाधिवेशन प्रतिनिधि छनौटको मिति तोकेको थियो।

महाधिवेशन प्रतिनिधिमा मजदुर विशेष जिल्ला कमिटीबाट ३० जना छनौट भएका छन् भने उद्योगी व्यवसायी विशेष जिल्लाबाट ४ जना प्रतिनिधि छनौट भएका एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन्। 

मजदुरबाट कृष्णप्रसाद रिमाल, अर्जुनप्रसाद अधिकारी, युवराज जिरेल, जितेन्द्र श्रेष्ठ, गोपाल कार्की, नरनाथ लुइँटेल, विदुर कार्की, ठाकुरकुमार श्रेष्ठ, रामकृष्ण न्यौपाने, सुमनप्रसाद पराजुली, सार्की तामाङ, महेन्द्रलाल श्रेष्ठ, बलराम खत्री, राजकुमार श्रेष्ठ,चन्द्रसागर लामा, केशवप्रसाद दुवाडी, तुलसीप्रसाद सिवाकोटी, गणेश श्रेष्ठ र वंशीधर भट्टराई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। 

महिलातर्फ ईश्वरी थापा, विजया खड्का, सीता लामा, फुलमाया लामा, शान्ता बस्नेत, विष्णु लामा, कमलादेवी तामाङ, माया गुरुङ, ज्ञानुमाया क्षेत्री र रञ्जु थापा चयन भएका थापाले फेसबुकमा लेखेका छन्। दलिततर्फ मायादेवी पोडे सहित ३० जना प्रतिनिधि मजदुर कमिटीबाट चयन भएका छन्। 

उद्योगी व्यवसायी विशेष जिल्लाबाट भने चार जना प्रतिनिधि चयन भएका छन्। चन्द्रप्रसाद रिजाल, गोविन्द भट्टराई, राजेन्द्रप्रसाद सापकोटा र महिलातर्फ सुवर्ण श्रेष्ठ प्रतिनिधि चयन भएका हुन्। 

केन्द्रीय सल्लाहकार परिषद्बाट गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण सिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र  लक्ष्मण रायमाझी, महिलातर्फ मिरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईँ, अनिता यादव र विश्वेश्वरा दाहाल, दलिततर्फ जितु गौतम निर्वाचित भएका छन्।

यस्तै प्रेस चौतारी नेपालबाट गणेश बस्नेत, गगन विष्ट, राजेन्द्र अर्याल एमालेको महाधिवेशन प्रतिनिधि बनेका छन्। महिलातर्फ निर्मला शर्मा र टीका विष्ट प्रतिनिधि चयन भएका छन्। 

यस्तै पेसागत विशेष जिल्ला कमिटीबाट प्रेमकुमार पराजुली ,प्रेमप्रसाद पराजुली ,कुलबहादुर आचार्य, केदारप्रसाद देवकोटा, प्रकाश भट्टराई, विनोद जोशी र गुरुभक्त निरौला, महिलातर्फ जानुका श्रेष्ठ, लक्ष्मी कार्की र लक्ष्मीदेवी भुसाल सर्वसम्मत प्रतिनिधिमा निर्वाचित भएका प्रचार विभागका उपप्रमुख थापाले फेसबुकमा लेखेका छन्। 

नेपाल बुद्धिजीवी परिषद्बाट डा.दिनेशचन्द्र देवकोटा, गजेन्द्र थपलिया र विधान आचार्य, महिलातर्फ कविता लुइँटेल र विमला केसी प्रतिनिधिमा चयन भएका छन्। 

सिन्धुपाल्चोकबाट निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारायण श्रेष्ठ, केदार क्षेत्री, सागर घिमिरे, हस्त पण्डित, झम्क नेपाल, बालकृष्ण देउजा, सुभाष कर्माचार्य, नेत्रप्रसाद दंगाल, माधव पाण्डे, कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, ईश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई, महिलातर्फ हेमगंगा मोक्तान, सुशीला पाख्रिन, सपना थापा, शकुन्तला माझी, सीता थापा, डोल्मा तामाङ, बालकुमारी सापकोटा, सुनिता अधिकारी र उमा प्रधान, दलिततर्फ चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार गरी ३१ जना निर्वाचित भएका छन्। 

पाल्पाबाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमलप्रसाद काफ्ले, अशोककुमार शाही, राम बहादुर राउत, मोहन थापा मगर,ओमबहादुर घर्ती मगर र नवीन थापा, महिलातर्फ कुबिजा अर्याल,सरस्वती भट्टराई,नारायणी शर्मा र गीता पाण्डे, दलिततर्फ ठाकुरप्रसाद लोहागुन र दीपक बिश्वकर्मागरी १५ जना प्रतिनिधि छानिएका छन्। 

दाङबाट रेवतीरमण शर्मा, राममणि पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, टिकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी, भेषराज खत्री, बलिभद्र राना, हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी र कृष्णप्रसाद भुसाल, महिलातर्फ सरस्वती गौतम, गङ्गा चौधरी, तुलसा केसी, हुमा डिसी, कोमल वली, माया आचार्य र धमकली चौधरी, दलिततर्फ जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक प्रतिनिधि बनेका छन्। 

गण्डकी सम्पर्क कमिटीबाट विष्णु सिग्देल, श्रीकान्त बराल र भोला पौडेल, महिलातर्फ अमृता अधिकारी र बबी शेरचन, दलिततर्फ भोजराज विक गरी ६ जना प्रतिनिधि बनेका छन्। 

लुम्बिनी सम्पर्क कमिटीबाट ठानेश्वर बस्याल,सरोज रेग्मी र परशु पाण्डे, महिलातर्फ शान्ति गौतम र दलिततर्फ हरिबहादुर नेपाली एमालेको महाधिवेशन प्रतिनिधि बनेका छन्। 

इलामबाट ध्रुव श्रेष्ठ, उमेश गुरुङ, उदय राई, नरेश तामाङ, निर्मल राई, मणिकुमार लिम्बू, जयप्रकाश राई, गणेशप्रसाद बराल, कृष्णप्रसाद श्रेष्ठ, राजकुमार थापा, राम राना, महेश बस्नेत र नरेन्द्रनाथ भट्टराई, महिलातर्फ कमला तामाङ, शोभा पराजुली, विष्णुमाया आचार्य रिमाल, तारा गुरुङ र सरस्वती राई, दलिततर्फ बिन्दु विश्वकर्मा, सावित्रा शिवा र देवेन्द्र विश्वकर्मा प्रतिनिधि बनेका छन्। 

खोटाङबाट हरिकुमार पोखरेल, पाँचकर्ण (पीके) राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खगेन्द्र साम्पाङ, देवविक्रम राई, कुमारप्रसाद आचार्य, दीपनारायण रिजाल र चक्रबहादुर (दिलचक्र) राई, महिलातर्फ उषाकला राई, विनादेवी राई, गोमा मगर र पुष्पकला भुजेल, दलिततर्फ चर्चबहादुर विश्वकर्मा प्रतिनिधि बनेका छन्।

गोरखाबाट सुरेन्द्रबहादुर थापा, गोपाल पाण्डे, सुरेश श्रेष्ठ, मोहन भट्टराई, विशाल थापा, प्रेम गुरुङ, बाबुराम थापा, हरि काफ्ले र कमल दानी, महिलातर्फ सम्झना देवकोटा, मिना बरामु, पार्वती पाठक र रुपा पन्त, दलिततर्फ कृष्ण नेपाली र काजीराम रोका प्रतिनिधि बनेका छन्। 

गुल्मीबाट  मधुकृष्ण पन्त, बालसिंह काउछा, सोमनाथ सापकोटा,अमर सिजापति, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल, महिलातर्फ नर्मदा भण्डारी, लक्ष्मी पन्त, सीता भण्डारी र ललिता गौतम, दलिततर्फ जङ्ग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा प्रतिनिधि चयन भएका छन्। 

रोल्पाबाट कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली, महिलातर्फ जुनमाया बुढा र ईश्वरी जिएम, दलिततर्फ रिमा नेपाली गरी ७ जना एमालेको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्। 

सल्यानबाट गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र  तिलक मल्ल, महिलातर्फ पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली बिसी, दलिततर्फ जनक विक चुनिएका छन्। 

दोलखाबाट ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण सिवाकोटी, भरत केसी, जिवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठुला थामी र शुभ शेर्पा, महिलातर्फ शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ, दलिततर्फ सुन्दर लामिछाने र टेक घतानी चयन भएका छन्। 

मकवानपुरबाट कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल विष्ट, फुर्बा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र विष्णुप्रसाद ढकाल, महिलातर्फ जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले, दलिततर्फ नारायण गजमेर चयन भएका छन्। 

म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले, महिलातर्फ नरदेवी पुन र थमसरा पुन, दलिततर्फ पुष्कर विक र खरमाया बिटालु चयन भएका छन्। 

बागलुङबाट इन्द्रलाल सापकोटा,सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हिराबहादुर केसी,मोहनलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुलसी अर्याल, महिलातर्फ सावित्रा राना, गीता शर्मा र यमुना राना, दलिततर्फ देवकुमार नेपाली र धनबहादुर परियार चयन भएका छन्। 

अर्घाखाँचीबाट चेतनारायण आचार्य, राजीप्रसाद घिमिरे, कुटमुदिन अलि,जनार्दन खनाल, पीताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशीराम आचार्य र खगिश्वर पन्थी, महिलातर्फ जालपा भुसाल, प्रमीला क्षेत्री, बिजुला रायमाझी र विष्णुमाया आचार्य, दलिततर्फ भोज बहादुर गन्धर्व, लीलबहादुर बिक र शिवकला बिक चयन भएका छन्। 

गण्डकी प्रदेश कमिटीबाट सोभियत ढकाल, माधव बास्तोला र लीला राना, महिलातर्फ पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ चयन भएका छन्। 

कपिलवस्तुबाट विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल,उपेन्द्र खनाल र टोपलाल पोखरेल, मजदुरतर्फ सुशीला दर्लामी, महिलातर्फ शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी बुढाथोकी न्यौपाने र कमला भुसाल, दलिततर्फ शान्तिदेवी चमार र सीबी गहतराज चयन भएका छन्। 

कास्कीबाट दामोदर वैरागी, कृष्ण थापा, रश्मि आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल,भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल,विष्णुबहादुर केसी,जगन्नाथ बास्तोला,पुष्पज्योति ढुङ्गाना,विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल,वेदबहादुर गुरुङ श्याम,दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गङ्गा कुँवर, महिलातर्फ विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मञ्जु गुरुङ, शोभा बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी, दलिततर्फ धनबहादुर नेपाली, अर्जुन सुनाम, डामबहादुर विक र मनबुजा विश्वकर्मा चयन भएका छन्। 

हुम्लाबाट दल रावल, दल फडेरा, ज्ञामी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, कलबहादुर हमाल र नोरजङ तामाङ, महिलातर्फ सौमती रावल, रुपा शाही र सुनमती परियार, दलिततर्फ कालीबहादुर नेपाली चयन भएका छन्। 

संखसवासभाबाट तुलसी न्यौपाने, मुरारी खतिवडा,वीरेन्द्र केसी, जितबहादुर घिमिरे,भविश्वर गुरुङ, विदुर खतिवडा, भीम लिंखा र विपिन तामाङ, महिलातर्फ सीता दाहाल, मनमाया तामाङ, भीमादेवी राई र रिता घिमिरे कटुवाल, दलिततर्फ खड्गबहादुर विश्वकर्मा चयन भएका छन्। 

प्युठानबाट हरि रिजाल, तुलसीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज विष्ट, डिलबहादुर थापा मगर, महिलातर्फ कमला रिजाल र गोमा रेग्मी, दलिततर्फ झगबहादुर विश्वकर्मा चयन भएका छन्। 

लमजुङबाट धनञ्जय दवाडी, जमिन्द्रमान घले, गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, प्रेमबहादुर घले र मोहनहरि पौडेल, महिलातर्फ लक्ष्मी अधिकारी, दीपा गुरुङ र यशोदा रिमाल, दलिततर्फ विवश बुढाथोकी र हिरालाल विश्वकर्मा एमालेको महाधिवेशन प्रतिनिधिमा छनौट भएका छन्। 

सिन्धुलीबाट केशव देवकोटा, प्रदीप कटुवाल क्षेत्री, छत्रबहादुर दाहाल, प्रलादकुमार पोखरेल, नारायण बराल, शङ्कर बराल, राजु बराल, सुवास देवकोटा, हेमबहादुर लामा, पूर्ण खत्री, डम्बर कार्की, हेमबहादुर भुजेल, महेन्द्रदेव श्रेष्ठ, कौशल कोइराला, कमलप्रसाद दाहाल, रामकृष्ण श्रेष्ठ, हिराबहादुर लामा, गोविन्दलाल माझी,चतुरमान लो, खड्गबहादुर खत्री र शान्तिमान कार्की, महिलातर्फ ललिमाया पुलामी, पार्वती सुनुवार,  डोरकुमारी कार्की, मिना कार्की, मन्जुकुमारी देवकोटा,अम्बिकाकुमारी राई, नीरकुमारी कुँवर, पार्वती भट्टराई र रमा कार्की, दलिततर्फ केशरबहादुर नेपाली चयन भएका छन्। 

जाजरकोटबाट करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, वेदबहादुर शाही, सिपी घर्ती र प्रेमप्रसाद घर्ती, महिलातर्फ कौशिलावती खत्री र हरिकला जैसी, दलिततर्फ  नवेन्द्र नेपाली चयन भएका छन्। 

बैतडीबाट दामोदर भण्डारी, सुरेन्द्रबहादुर पाल, लिलाधर भट्ट, मोहन थापा, पुष्करराज जोशी, जसवीर बोहरा, भरत मडै र गोरखबहादुर चन्द, महिलातर्फ जानकी अवस्थी, जानकी ऐर बम, हेमा भट्ट (कपाडी) र लीला विष्ट, दलिततर्फ नरेश विश्वकर्मा, सरस्वती नेपाली र धाना पहरी चयन भएका छन्। 

अनेरास्ववियूबाट  आरसी लामिछाने, झपेन्द्र खत्री, समिक बडाल, महिलातर्फ सुनिता बराल र निशा अधिकारी चयन भएका छन्। 

पूर्वी रुकुमबाट नन्दलाल शर्मा, टोप बहादुर ओली, लीलामणि गौतम र निर्माण बुढा ९रवि०, महिलातर्फ आशा स्वर्णकार र दलिततर्फ मस्तबहादुर विश्वकर्मा ९समाल० प्रतिनिधि चयन भएका छन्। 

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) बाट शम्भुबहादुर श्रेष्ठ, सुरज लामिछाने, सञ्जीव रोकाहा, महिलातर्फ सौम्य भट्ट र ज्योति थापा चयन भएका छन्। 

रामेछापबाट शान्तिप्रसाद पौडेल, तुलप्रसाद कँडेल, रत्नप्रसाद गौतम, आनन्दकुमार श्रेष्ठ, ध्रुवकुमार कार्की, चित्रबहादुर कार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमबहादुर तामाङ, प्रेमबहादुर खड्का, ज्ञानकुमार योञ्जन, पुरुषोत्तम कडरिया, महिलातर्फ गङ्गा कार्की, गीता कार्की, दीपशिखा दाहाल, माया कार्की, हेमकुमारी तामाङ, दलिततर्फ मानबहादुर विश्वकर्मा र गणेश विक चयन भएका छन्। 

पश्चिम रुकुमबाट टङ्कप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह र मनवीर घर्ती, महिलातर्फ तीर्था गौतम, दलिततर्फ चन्द्रबहादुर नेपाली र शशीराम नेपाली चयन भएका छन्। 

नुवाकोटबाट बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशीराज अधिकारी, पूर्णलाल श्रेष्ठ, जितबहादुर घले, केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल र बुद्धिबहादुर प्रधान, महिलातर्फ शर्मिला थपलिया, मङ्गलमाया प्रजापति, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गीता दाहाल र उषाकिरण तिम्सेना, दलिततर्फ केशव सेन्चुरी चयन भएका छन्। 

भोजपुरबाट प्रेमकुमार राई,शरणकुमार राई, मकरबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई र खड्गबहादुर कार्की (प्रेम), महिलातर्फ सिर्जना राई र कविता राई, दलिततर्फ सजना परियार चयन भएका छन्। 

कात्तिक २७, २०७८ शनिबार २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।