जुहीको छ मित्र : आमिरसँग झगडाहुँदा बोलचालै बन्द
एजेन्सी : साहरुख खान र जुही चावला लामो समय देखि राम्रो साथी हुन्। यी दुवैले सँगै स्क्रिन सेयर नगरेको लामो समय भयो तर यसले यी दुवैको मित्रतामा फरक परेको छैन। त्यसैले त खानका छोरा आर्यन लागुऔषध केसमा पक्राउ परेर रिहा हुँदा साक्षी चाहिँदा जही नै अगाडि आएकी थिइन्।
जुहीको घनिष्ठ मित्रको सूचीमा रहेका अर्का अभिनेता हुन् आमिर खान। तर यी दुबैबिच मनमुटावहुँदा लामो समयसम्म बोलचाल समेत बन्द भएको थियो।
फिल्म इश्कको सुटिङको क्रममा यी दुबैबिच मनमुटाब भएको थियो। दुबैबिच लामो समयसम्म बोलचाल समेत भएन। एक इन्टरभ्युमा यसबारे आमिर आफैँले खुलाएका थिए।
आमिर र रीना दत्ताविच डिभोर्स हुने भएपछि आमिर तनावमा थिए। त्यही बेला जुहीले फोन गरेर उनलाई सान्त्वना दिएर बन्द भएको बोलचाल खुलाएकी थिइन्। त्यो बेलामा जुहीले दुवैको सम्बन्ध जोगाउन निकै प्रयास गरेको सम्झँदै आमिरले उनलाई सच्चा साथी भन्दै प्रशंसा गरेका थिए।
सलमान खान र जुहीविच पनि गहिरो मित्रता छ। सलमान त एक समय जुहीसँग विवाह नै गर्न चाहन्थे। उनले जुहीको बुबासँग जुहीसँग विवाह गर्ने अनुमति पनि मागेका थिए। तर उनको बुबाले अस्वीकार गरिदिए। तर यसले यी दुवैको मित्रतामा कुनै प्रभाव परेन। अहिले पनि यी दुवैको मित्रता उस्तै छ।
अक्षय कुमार, अनिल कपुर अनि सन्नी देवलसँग पनि उनको गहिरो दोस्ती छ। अभिनेता अक्षयको जन्मदिनमा त उनले एक हजार बिरुवा रोपेकी थिइन्।
कात्तिक २७, २०७८ शनिबार २१:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।