पोखरीमा डुबेर भक्तपुरमा २७ वर्षका युवकको मृत्यु 

पोखरीमा डुबेर भक्तपुरमा २७ वर्षका युवकको मृत्यु 

भक्तपुर : भक्तपुरको दुधपाटी सिद्धपोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका झौखेलका राजेश सुलुको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।

२७ का सुलु  पोखरीमा डुबेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी परिसर भक्तपुरबाट गएको प्रहरी टोलीले तत्कालै उद्धार गरी उपचारको लागि भक्तपुर अस्पतालमा लगेको जनाएको छ। 

सुलुको उपचारको क्रममा शनिबार बेलुकी साढे ५ बजे मृत्यु भएको प्रहरी निरीक्षक लोक बहादुर जिसीले जानकारी दिए।

कात्तिक २७, २०७८ शनिबार २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।