एकीकृत समाजवादी निकट पत्रकारहरू संस्थाको पहिलो सम्मेलनमै विभाजित, शम्भु श्रेष्ठको नेतृत्वमा समिति

एकीकृत समाजवादी निकट पत्रकारहरू संस्थाको पहिलो सम्मेलनमै विभाजित, शम्भु श्रेष्ठको नेतृत्वमा समिति

काठमाडौँ : एमाले निकट प्रेस चौतारीको कार्यसमितिमा रहेका पत्रकारहरूलाई नसमेटी नयाँ कार्यसमिति गठन गरेपछि घोषणासँगै एकीकृत समाजवादी निकट पत्रकारहरूको सङ्गठन समाजवादी प्रेस सङ्गठन विभाजित बनेको छ।

एमालेमा विवाद हुँदा माधव नेपाल पक्षमा खुलेर समानान्तर रूपमा प्रेस चौतारीको गतिविधि अगाडि बढाएका विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन र जीवन बिसीलाई केन्द्रीय कार्यसमितिमा राखिएन।

दृष्टि साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक शम्भु श्रेष्ठको अध्यक्षतामा गठन गरिएको कार्यसमितिमा महासचिवमा भूपराज खड्कालाई बनाइयो।

श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिमा उपाध्यक्ष: प्रकाश खतिवडा, शीतल साह र प्रकाश खतिवडालाई बनाइयो। उपाध्यक्ष महिलामा भवानी कार्की, उपाध्यक्ष समावेशी  बुद्धिवीर वाहिङ राई, उपाध्यक्ष उपत्यकामा शान्तराम बिडारी, उपाध्यक्ष प्रदेशमा तीर्थराज सिग्देल चयन भए।

यसै गरी उपाध्यक्ष प्रदेशमा नवराज छतकुली, उपाध्यक्ष प्रदेशमा श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर चयन भएका छन्। उपमहासचिवमा तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्षमा कृष्णराज गौतम, सचिवमा  सुभाषप्रसाद साह, उत्तरसिंह विष्ट र गोविन्द चौलागाई चयन भए।

संस्थापक केन्द्रीय सदस्यहरूमा संस्थापक संयोजक शम्भु श्रेष्ठ, संस्थापकहरूमा किशोर श्रेष्ठ, डा. बालकृष्ण चापागाईँ, कौशल चेम्जोङ, भरतराज पोखरेल, श्रीओम श्रेष्ठ, बोधराज त्रिपाठी, श्याम रिमाल, खेम भण्डारी , शीतल साह, भूपराज खड्का, टंक पन्त, बालकुमार नेपाल , हरिनारायण गौतम, नवराज सुवेदी , जीवनप्रकाश नेपाल, आनन्द श्रेष्ठ , लीला बराल, गोपाल देवान, प्रकाश खतिवडा, सुवास खतिवडा चयन भए।

अन्य संस्थापकमा आरके धर्मस्थली, बालकृष्ण ओली , लक्ष्मण देवकोटा , रेविन्द्र कार्की, ऋतुराज सुवेदी, रुद्रबहादुर थापा,भीमसेन राजवाहक, आनन्दराम डङ्गोल, बलराम दाहाल, रोहित दाहाल, बालकृष्ण शर्मा, विष्णु बेलबासे, अब्दुल्लाह मियाँ, प्रकाशविक्रम शाह, विश्वमणि सुवेदी , नरेन्द्रकुमार साउद, रामकुमार एलन,हेमकर्ण विक र चमिना भट्टराई चयन भए।

यसै गरी जीवन बिसी,  नवराज छत्कुली,  तेजप्रसाद वाग्ले, तीर्थराज सिग्देल, श्रीराम सिग्देल, विकास बञ्जाडे, भवानी कार्की, शन्तराम विडारी,  माधव पौडेल, दुर्गा थापा, राजेन्द्र कुँवर, यज्ञराज थापा, सुभाषप्रसाद साह, राजन दाहाल, अमर सुनार ,शिव ढुङ्गाना, खेम बम, गणेश पौडेल ,वाइपी घिमिरे,  उर्मिला कुँवर, बृजलाल पासवान, रमेश तिमल्सिना, शिवकुमार रिजाल काशी, सविन शर्मा, घनश्याम गौतम,  नमन शाही,  रसना ढकाल, कृपा भण्डारी,  टिबी विरही, प्रेम गौतम, दीपक बूढा, बन्धु पोखरेल, रत्नप्रसाद आचार्य लगायतकाहरु संस्थापकमा रहेका छन्।

कात्तिक २७, २०७८ शनिबार २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।