कांग्रेसको वडा अधिवेशन : कैलालीका ९० वटा वडामा सर्वसम्मत, देउवा पत्नी आरजुको वडामा चुनाव 

कांग्रेसको वडा अधिवेशन : कैलालीका ९० वटा वडामा सर्वसम्मत, देउवा पत्नी आरजुको वडामा चुनाव 

धनगढी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलालीका ९० वडामा सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको छ।

१२६ वडामध्ये ९० मा सर्वसम्मत रूपमा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भएको प्रचार प्रसार संयोजक नृप सुनारले जानकारी दिए।

‘११ वटा वडामा सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रयास भइरहेको छ। २५ वटा वडामा भने निर्वाचन भइरहेको छ,’सुनारले भने,‘केही वडामा आजै निर्वाचन भइरहेको र केही वडामा भोलि निर्वाचन हुन्छ।’

सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको वडा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा वडा सभापति र क्षेत्रीय प्रतिनिधिको चुनाव भएको छ। वडा सभापतिमा दुई जना र क्षेत्रीय प्रतिनिधि १० जनाका लागि २५ जनाको उम्मेदवारी परेपछि चुनाव भएको हो।

कात्तिक २७, २०७८ शनिबार १९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।