साहित्यकार पुडासैनी र घिमिरेलाई हरि अभिनव पुरस्कार
काठमाडौँ : ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापना गरिएको हरि अभिनव पुरस्कार साहित्यकार कञ्चन पुडासैनी र श्रीप्रसाद घिमिरे ‘एसपी आशा’ लाई प्रदान गरिएको छ।
अभिनव साहित्य समाजले आज शनिबार जोरपाटीमा आयोजना गरेको कार्यक्रममा पुडासैनीलाई १५ हजार नगद र अभिनन्दनपत्रसहित सम्मान गरिएको छ।
साहित्यकार ‘एसपी आशा’ भने अस्वस्थ रहेकाले यसअघि नै निवासमा गई १५ हजार नगदसहित अभिनन्दन पत्रले सम्मान गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले जानकारी दिए।
कार्यक्रममा अध्यक्ष ‘वेदमणि’ को कृति ‘शृङ्गार धारा’ को विमोचन गरिएको थियो।
कात्तिक २७, २०७८ शनिबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।