देशभर २९५ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

देशभर २९५ जनामा कोरोना सङ्क्रमण, २ जनाको मृत्यु

काठमाडौँ : नेपालमा थप २९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ८ हजार २४३ नमुना परीक्षण गर्दा २९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

योसँगै पीसीआर परीक्षणका क्रममा ८ लाख १६ हजार ६७५ र एन्टीजेन परीक्षणका क्रममा सङ्क्रमित हुनेको सङ्ख्या ९५ हजार ७२ जना पुगेको छ। 

यस्तै देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका सङ्क्रमित मध्ये ४७८ जना निको भएर घर फर्केका छन्। अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९७.७ प्रतिशत रहेको छ। 

यस्तै देशभर उपचार गराइरहेका मध्ये २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७१ पुगेको छ। 

मन्त्रालयले शनिबार ३४ हजार ७१६ जनाले खोप लगाएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २७८ रहेको छ।

कात्तिक २७, २०७८ शनिबार १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।