बनेपामा आधुनिक फिल्म स्टुडियो बन्दै, प्रशासनिक काम सकियो
काभ्रेको बनेपा नगरपालिकाको १० र १३ नम्बरमा सीमास्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी पूरा भएर भौतिक निर्माणको प्रक्रियाको काम सुरु भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।
उनले भैँसेपाटीमा निर्माण हुने फिल्म सिटीको प्रशासनिक तयारी पूरा भएको र पहिला सुटिङका लागि एउटा भवन निर्माण हुने जानकारी दिए।
उनले भवनपछि सुटिङका लागि आवश्यक भवनलगायतका संरचना बनाउँदै जाने बताए।
इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठुला भवनका भित्री भाग देखिने प्रोटेबल सेट निर्माण गरिने अध्यक्ष दाहालको जानकारी दिए।
आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नका लागि चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण गर्ने बोर्डको तयारी छ।
चलचित्र छायाङ्कन स्टुडियोका लागि भैँसे पाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको छ।
कात्तिक २४, २०७८ बुधबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।