यातायात कार्यालय सुर्खेतका सेवाग्राहीको मुख्यमन्त्रीसँग गुनासो, १५ रुपैयाँ पर्ने फारमलाई सय रुपैयाँ
उनले आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गर्न पनि भनेका छन्।
सेवा लिने क्रममा देखिएका समस्या र समाधानको उपायका बारेमा छलफल गर्दै मुख्यमन्त्री शाहीले कार्यालय आफैँले गर्न सक्ने न्यूनतम कामहरू पनि नभएको बताए।
मुख्यमन्त्री शाहीसँग सेवाग्राहीहरूले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा १५ रुपैयाँ लाग्ने फारमलाई सय रुपैयाँ लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए ।
मुख्यमन्त्री शाहीले तत्काल सुधार र सेवाका कामहरूलाई अघि बढाउन निर्देशन दिए। उनले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका छन्।
शाहीले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसलहरू तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको व्यवस्था मिलाउन भनेका छन्। मुख्यमन्त्री शाहीको निर्देशन लगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसलहरू तत्काल हटाउने र ट्राफिक व्यवस्थापन मिलाउने प्रक्रिया सुरु गरेको छ।
कात्तिक २३, २०७८ मंगलबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।