आफ्नै श्रीमानबाट प्रताडित भारतीय अभिनेत्रीहरू जसले भोगे घरेलुदेखि शारीरिक हिंसा

आफ्नै श्रीमानबाट प्रताडित भारतीय अभिनेत्रीहरू जसले भोगे घरेलुदेखि शारीरिक हिंसा

हालै भारतीय अभिनेत्री पुन पाण्डेलाई उनका श्रीमान् सैम बम्बेले कुटेको घटना सार्वजनिक भएको थियो। उनलाई मुम्बई प्रहरीले पक्राउ पनि गरेको छ। श्रीमानको पिटाइबाट घाइते भएकी पाण्डे अस्पतालै भर्ना हुनु परेको थियो।

तर बलिउडमा घरेलु हिंसा झेल्ने पाण्डे एक्ली सेलिब्रिटी हैनन्। यस अगाडि पनि यस्ता घटना र पीडित सार्वजनिक भएका छन्।

भारतीय टेलिभिजनकी चिरपरिचित अनुहार दलजित कौर समेत घरेलु हिंसाको सिकार भइसकेकी छिन्। उनले आफ्नो श्रीमानमाथि ६ वर्ष घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन्। उनले श्रीमान् शालीन भनोट विरुद्ध पहिला दाइजोको विषयमा यातना दिएको उजुरी दिएकी थिइन्। त्यसपछि घरेलु हिंसाको आरोप लगाइन्। अहिले उनीहरू अलग भइसकेका छन्।

दीपिका नागपालले पनि मोडल श्रीमान् कैशव अरोडामाथि घरेलु हिंसाको उजुरीसँगै छोडपत्रको निवेदन दिएकी थिइन्। उनले श्रीमान्विरुद्ध शारीरिक शोषणको समेत उजुरी दिएकी थिइन्। अहिले दुवै जना पुन एक साथ जीवन बिताउन राजी भएका छन्।

अर्की अभिनेत्री डिप्पी गांगुलीले राहुल महाजनसँग एक रियालिटी शोमा विवाह गरिन्। तर विवाहको एक महिनामै उनले राहुलमाथि घरेलु हिंसाको आरोप लगाइन्। विवादको बेलामा राहुलले आफूलाई बन्दुक ताकेकोसम्म उनले दाबी गरेकी थिइन्।

विगबोसमा सहभागी भएर चर्चामा आएकी मन्दाना करिमीले प्रेमी गौरव गुप्तासँग विवाह गरिन्। तरपछि उनले श्रीमान् विरुद्ध घरेलु हिंसाको केस दर्ता गराएकी थिइन्। उनले विवाहपछि अभिनय र मोडलिङ छाड्न दबाब दिएको र नमान्दा घरेलु हिंसा गरेको दाबी गरेकी थिइन्। उनले सासू र ससुराविरुद्ध समेत जाहेरी दिएकी थिइन्।

टिभी अभिनेत्री रश्मि देसाइ पनि घरेलु हिंसाबाट प्रताडित भइसकेकी छिन्। उनले श्रीमान् नदिश सन्धुमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन्। अभिनेत्री श्वेता तिवारीले अभिनेता राज चौधरीसँग विवाह गरेपछि शारीरिक र घरेलु हिंसामा परेको भन्दै डिभोर्स गरेकी थिइन्।

कात्तिक २३, २०७८ मंगलबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।