विक्की र कैटको विवाह हल्ला कि सत्य ?

विक्की र कैटको विवाह हल्ला कि सत्य ?

एजेन्सी : भारतीय अभिनेता विक्की कौशल र अभिनेत्री कटरिना कैफले विवाह गर्न लागेको समाचार भारतीय मिडियामा छाएको छ। उनीहरूबिच निकट सम्बन्ध रहेकोबाट सुरु भएको समाचार अहिले दुवैले रोका समेत गरिसकेसम्म पुगेको छ।

आजतकको दाबी अनुसार फिल्म निर्देशक कबीर खानको घरमा दुवैको रोका भएको थियो। समाचारमा दाबी गरिए अनुसार रोकामा कबीरकी श्रीमती मिनी माथुर पनि सहभागी थिइन्। त्यहाँ कैटरिनाको आमा र बहिनी समेत सहभागी भएको दाबी सार्वजनिक भएको छ। समाचार अनुसार रोकामा विक्कीको आमाबाबु श्याम र वीणा कौशल समेत सहभागी थिए।

उनीहरू अब विवाहपछि बस्न फ्ल्याट समेत खोजिसकेको दाबीहरू आइरहेका छन्। उनीहरूले जुहुमा घर समेत फेला पारिसकेको दाबी समाचारमा छ। उनीहरूको घर अनुष्का शर्माको घर नजिकै रहेको दाबीहरू आइरहेका छन्।

तर उनीहरूले आफ्नो सम्बन्धबारे अहिलेसम्म औपचारिक रूपमा केही बोलेका छैनन्। न उनीहरूले मिडियामा आएका समाचारको खण्डन गरेका छन् न विवाहको तयारीमा रहेको पुष्टि नै गरेका छन्।

कात्तिक २२, २०७८ सोमबार २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।