सेनाले ल्यायो कल्याणकारी योजना : १० वर्ष पुरा गरेकालाई ३.३२% ब्याजदरमा २५ लाख आवास कर्जा

सेनाले ल्यायो कल्याणकारी योजना : १० वर्ष पुरा गरेकालाई ३.३२% ब्याजदरमा २५ लाख आवास कर्जा

कर्जाका लागि राष्ट्रिय वाणिज्य बैक, राष्ट्रिय बिमा संस्थान र सेनाको सैनिक कल्याणकारी महानिर्देशनालयका अधिकारीबिच सहमति भएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार 'सैनिक सकल दर्जा सहुलियतपूर्ण आवास कर्जा-२०७८' अनुसार सैनिक सेवामा १० वर्ष पूरा गरेका र श्रीमान् वा श्रीमती कसैको पनि नाममा घर नरहेका बहालवाला सैनिकले ३.३२% ब्याजदरमा मुलुकभर निजी घर बनाउन २५ लाख रुपैयाँसम्मको आवास कर्जा पाउन सक्नेछन्।

कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्ने व्यवस्था गरेको निर्देशनालयले जानकारी दिएको छ। ६० बर्ष माथिकालाई निवृत्तिभरण रकम बढाएर मासिक एक हजार पुर्याइएको छ।

सबै प्रदेशहरूमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्न लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय स्थापना गर्ने योजना कार्यान्वयनको क्रममा रहेको निर्देशनालयले जानकारी दिएको छ।

कात्तिक २२, २०७८ सोमबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।