एमालेको महाधिवेशन प्रतिनिधि चयन : २०७७ चैत मसान्तसम्म सङ्गठित सदस्यता लिएको हुनुपर्ने
अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१४ जारी गरेर २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठति सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरेका हुन्।
एमालेले कात्तिक २७ गते देशभर एकैसाथ चयन गर्ने प्रतिनिधि २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठित सदस्य हुनुपर्नेछ।
ती प्रतिनिधिले मात्र महाधिवेशनमा मतदान गर्न पाउने एमालेले जनाएको छ।
एमालेले चैतसम्ममा सात लाख ३८ हजार पार्टी सङ्गठित सदस्य रहेका जानकारी दिएको छ। महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन्।
एमालेले महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २ सय पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८ सय सम्मले थप एक/एक जना प्रतिनिधि निर्वाचित गर्नेछ।
जनवर्गीय सङ्गठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि हुने एमालेले जनाएको छ। एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।
कात्तिक २२, २०७८ सोमबार १५:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।