कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक 

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक 

सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन भनिएको छ। कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ मिति अनुमोदन गर्न सभापति देउवाले बैठक बोलाएका हुन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको नयाँ मिति मंसिर २४, २५ र २६ मा गर्ने प्रस्ताव गरेको छ।

कात्तिक २१, २०७८ आइतबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।