सर्लाही प्रहरीले भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने

सर्लाही प्रहरीले भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार छठ पर्व सकिएलगत्तै सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारीसाधन कहाँ र कसले सञ्चालन गरिरहेको छ भन्नेबारे विवरण सङ्कलन गर्ने काम हुनेछ।

यसैगरी सर्लाही जिल्लालाई घुमुवा प्रहरीरहित जिल्ला पनि बनाइएको छ। घुमुवा प्रहरीले जिम्मेवारीअनुसारको काम नगरेर सङ्गठनकै बदनाम गर्न थालेकाले हटाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।

'अब कुनै घटना भए घटनाको प्रकृतिअनुसार जिल्ला र मातहतका युनिटबाटै विशेष प्रहरी टोली परिचालन हुनेछ', उनले भने।  

कात्तिक २१, २०७८ आइतबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।