बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु, स्थानीयले गरे बसमा आगजनी
मृत्यु हुनेमा हेटौंडा–१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए। यस्तै घाइतेमा सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ रहेका छन्। घाइतेकाे हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन्। बस पूर्णरूपमा जलेर नष्ट भएको छ। बसका चालक फरार रहेको र उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २१, २०७८ आइतबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।