सलाई फ्याक्ट्रीमा आगलागी हुँदा ४ कराेड बराबरकाे क्षति
रूपन्देहीः जिल्लाको बुटवल उपमहानगरपालिका-१६ मा अवस्थित एक सलाई फ्याक्ट्रीमा गए राति भएको आगलागीबाट ४ करोड रुपैयाँ बराबरकाे क्षति भएको प्रहरीले जनाएको छ। मंगलबार राति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा आगलागी भएकाे थियाे।
साे आगलागी राति १२ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठग बहादुर केसीले बताए।
बुटवल उपमहानगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका र गैडहवाका दमकलहरू र सुरक्षाकर्मीहरूको पहलमा आगलागी नियन्त्रणमा आएको हो। उक्त सलाई उद्याेगमा राजेन्द्र ढकालसहित ५ जनाको संयुक्त लगानी रहेको छ।
कात्तिक १७, २०७८ बुधबार १०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।