कर्णालीका मुख्यमन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृत गरी नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान गरेका थिए।
२१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सांसदले मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता शाहीलाई समर्थन जनाएका छन्।
कात्तिक १६, २०७८ मंगलबार २०:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।