कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी पेस, बेलुकी साढे ८ बजे शपथ
माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका आफूसहित ६ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसदको हस्ताक्षर सहित शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आज बेलुकी साढे ७ बजेभित्र दुई वा दुई भन्दा बढी दलको समर्थनमा दाबी पेस गर्न आव्हान गरेका थिए।
२१ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका शाहीलाई नियुक्त गरेर बेलुकी साढे ८ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
शाहीले गठबन्धनमा भएको सहमति अनुसार एक दुई दिनमा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्। मुख्यमन्त्रीमा दाबी पेस गरेपछि शाहीले छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्।
कात्तिक १६, २०७८ मंगलबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।