सलमान खानबारे निर्माता महेशले भने : उनी अहिले एक्लै छन्, सुख-दुख साट्ने साथी चाहिएको छ
प्राय अभिनेत्रीहरूसँगको प्रेम सम्बन्धले समेत चर्चा र विवादमा आइरहने उनी पछिल्लो समय भने प्रेम र सम्बन्धले विवादमा आएका छैनन्। यही बेला सलमान निकट फिल्म मेकर महेश मान्जेकरले उनको विवाहबारे बोल्दै उनी अहिले एक्लै रहेको र उनलाई पनि आफ्नो सुखदुख बाँड्ने साथी चाहिएको बताए।
उनले केही यस्ता विषयहरू हुन्छन् जुनबारे अन्यले सलमानसँग कुरा गर्न नसके पनि आफूले भने कुरा गर्न सक्ने बताउँदै उनले एक अन्तर्वार्तामा भने' म सलमानलाई भन्ने गर्छु कि विवाह गर्न नचाहने हो भने यो कुनै इश्यु हैन। तर म सलमानको सन्तान हेर्न चाहन्छु। तर हरेक समय उनले मेरो कुरा टाली दिन्छन्। मलाई लाग्छ सलमान अहिले जीवनमा एक्लै छन् र उनलाई पनि आफ्नो दुख र सुख बाँड्ने एक जना साथी चाहिन्छ।'
सलमानलाई माया गर्नेहरू धेरै भए पनि अन्तमा उनीहरू पनि आफ्नो निकटहरूसँग जाने भन्दै उनले त्यो बेलामा सलमान एक्लै हुने गरेको बताए। व्यवसायी र अभिनय दुवै रूपमा सफल अभिनेता भएर पनि उनी एक सामान्य फ्ल्याटमा मध्यम वर्गको सदस्य जस्तै बस्ने गरेको उनले बताएका थिए।
कात्तिक १६, २०७८ मंगलबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।