प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त, ६ सदस्यीय मन्त्रीमण्डल बिस्तार 

प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त, ६ सदस्यीय मन्त्रीमण्डल बिस्तार 

राईको नेतृत्वमा ६ सदस्यीय मन्त्रीमण्डल बिस्तार भएको छ। गठबन्धनको सहमति अनुसार कांग्रेसले २, माओवादीले १, जनता समाजवादीले १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक राज्यमन्त्री पाएका छन्। 

कांग्रेसबाट हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री र केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरिएको छ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार बनेको हो। प्रदेश प्रमुखले सोमबार सरकार गठन गर्न आह्वान गरे लगत्तै गठबन्धनमा आबद्ध दलहरूले राईलाई मुख्यमन्त्री नियुक्त गर्न ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए। 

सोही दाबी अनुसार राईलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

कात्तिक १६, २०७८ मंगलबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।