यस वर्ष भाइटीकाकाे उत्तम साइत ११:०२ मा

यस वर्ष भाइटीकाकाे उत्तम साइत ११:०२ मा

काठमाडाैंः यस वर्षकाे तिहार आजबाट सुरु भइसकेकाे छ। आज धन त्रयाेदशीका दिन घरघरमा धातुका भाँडाकुँडा भित्र्याउने चलन रहेकाे छ भने घरमा धन भित्र्याउने दिनकाे रूपमा पनि आजकाे दिनलाई लिने गरिन्छ।

यस पटक तिहारकाे मुख्य दिन भाइटीका शनिबार परेकाे छ। भाइटीकाकाे उत्तम साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जारी गरेकाे सूचनामा उल्लेख छ। 

यस्तै भाइटीकाकाे अघिल्लाे दिन शुक्रबार गाेबर्धनपूजा र म्हपूजा पनि मनाउने गरिन्छ भने साेही दिन नेपाल सम्वत् ११४२ काे पनि प्रारम्भ हुनेछ। 

यस्तै भाेलि एकै दिन काग तिहार र कुकुर तिहार पनि  परेकाे छ। भाेलिकाे दिन रातकाे समयमा तेल लगाएर नुहाउने परम्परा पनि रहेकाे छ। यस्तै बिहीबारका दिन लक्ष्मीपूजा परेकाे छ। 

कात्तिक १६, २०७८ मंगलबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।