नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै छन्: अध्यक्ष दाहाल
काठमाडाैंः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै भएकाे बताएका छन्। माओवादीकाे कीर्तिपुर नगर कमिटीले आज आयाेजना गरेकाे एक कार्यक्रममा उनले यस्ताे बताएका हुन्।
'अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन्। हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो', उनले भने। उनले माओवादीप्रति जनताकाे विश्वास बढेकाे पनि बताएका छन्।
उनले माओवादी पार्टीमा प्रवेश गर्नेकाे पनि लर्काे देखिन थालेकाे बताएका छन्। 'पार्टीमा उभार आउन अझै बाँकी छ, त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्छ', उनले भने।
कात्तिक १५, २०७८ सोमबार १३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।