लागूऔषधसहित कैलाली र सुर्खेतबाट ६ जना पक्राउ

लागूऔषधसहित कैलाली र सुर्खेतबाट ६ जना पक्राउ

काठमाडाैंः जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएकाे टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेकाे छ। धनगढी उपमहानगरपालिका-१ बुद्धमार्गस्थित सडकबाट ४ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेकाे हाे। 

पक्राउ पर्नेमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय वसन्त चौधरी र उनका दुई साथी रहेका छन्। उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे। 

यस्तै सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोरसहित अन्य दुई जना पनि लागूऔषधसहित पक्राउ परेका छन्। उनीहरूलाई ६ सय ५० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद ४ हजार ४ सय ८० रुपैयाँसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हाे।  

दुवै घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

कात्तिक १४, २०७८ आइतबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।