वकिलको कुटाकुटपछि दीपकराजको सुझाव : ‘बार’को अगाडि ‘रेस्टुरेन्ट’ थप्ने हो कि ?

वकिलको कुटाकुटपछि दीपकराजको सुझाव : ‘बार’को अगाडि ‘रेस्टुरेन्ट’ थप्ने हो कि ?

काठमाडौँ : फिल्म निर्माता तथा कलाकार दीपकराज गिरी राजनीतिक र सामाजिक विषयमा सामाजिक सञ्जालमा लेखिरहन्छन्। उनका प्राय धारणा व्यङ्ग्यात्मक हुन्छन्।

त्यही ब्यङग्यले कहिलेकाहीँ उनलाई विवादमा पनि पार्छन्। तर उनी टुच्च-टुच्च लेख्न भने छाड्दैनन्। प्रधानन्यायाधीशको राजीनामा गराउन कस्सिएको वकिलहरूको संस्था नेपाल बार एसोसिएसन परिसरमा दुई वकिलबिच भएको कुटाकुटमा उनी कसरी चुप बस्न सक्थे र!

झगडाको मेलमिलाप गराउने पेसाकर्मी विराट न्यौपाने र भूमिनन्द चुँडाल आफै लात्ती र मुक्का बजार्न सक्रिय भएपछि उनले सामाजिक सञ्जालमा लेखे ‘कानुन ब्यवसायीहरुको संस्था ‘बार’को अगाडि ‘रेस्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेस्टुरेन्ट एन्ड बार हुन्थ्यो । जति कुटाकुट गरे पनि भो ।’

कात्तिक १३, २०७८ शनिबार ०७:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।